काठमाडौँ

Spread the love

सानो देशको
ठूलो मानिने सहर
देशको राजधानी काठमाडौँ

जहाँ व्यस्तताले खाइसकेको छ समय
समयले खाइ सकेको छ फुर्सद

यस्तो सहर
जहाँ निर्जीव वस्तु खुब व्य्स्त छन
यस्तो सहर
जहाँ निर्जीव जस्तै बनेकछन जीवहरु पनि

यस्तो सहर
जहाँ पशुपति ठिङ्ग उभिएको छ
उभिएर मात्रै पनि खुब व्यस्त भएको छ

यस्तो सहर
जहाँ ठिङ्ग उभिएका स्व्यम्बु र बौद्ध पनि व्यस्त छन

यस्तो सहर
जहाँ बाग्मती औधी व्यस्त छ
फोहोरहरु बोकेर बग्नलाइ
विष्णुमति व्यस्त छिन हड्डिहरु बोक्नलाई

बागमतिले पालेको छ सुन खोज्ने भुराहरु
बिष्णुमतिले पालेकी छिन मासु खोज्ने गिद्धहरु

एउटा यस्तो सहर
जहाँ सहरका मानिस व्यस्त भएकै कारण
नदीहरुले फुर्सद निकालेर केही जीवन बचाइराखेका छन

यहि सहर हो
रातमा जाग्ने
दिनमा व्यस्त हुने

निन्द्रा नपुगेको सहर
कास यस्को निन्द्रा पुग्थ्यो त
दिनमा धमिलो हुदैनथ्यो होला

यस्तो सहर
जहाँ अनिदोले खुसी दिएको छ
यस्तो सहर
जहाँ आफ्नाले चिन्दा समेत खुसी हुन सकिँदैन

यस्तो एउटा सहर
जस्को गल्ली गल्लिमा कविताहरु घुम्छन
यस्तै सहर, काठमाडौँ !!!

Leave a reply:

Your email address will not be published.

Site Footer